Section 12
अनिवार्य रूपले कर्मचारीहरूको तलबबाट रूपैया कट्टा गरी कोषमा जम्मा गर्ने
  (१) प्रत्येक कार्यालयले कर्मचारीको मासिक तलबबाट दश प्रतिशतमा नघट्ने गरी तोकिए बमोजिमका दरले कोष रकम कट्टी गरी सो रकमको तोकिए बमोजिमको प्रतिशतले हुने रकम समेत थप गरी कोषमा जम्मा गर्नु पर्नेछ । (२) कोष कट्टीको रकम अनिवार्य रूपले काटिनेछ । त्यसको लागि सम्बन्धित कर्मचारीको स्वीकृति लिनुपर्ने छैन । (३) कर्मचारीको कोष कट्टी र त्यसमा थप हुने रकम निजको तलब दिने कार्यालयको नियम अनुसार हुनेछ । (४) कुनै कर्मचारी निलम्बन भएमा निलम्बित रहेको अवधिभर निजको कोष कट्टी गरिने छैन । तर लागेको अभियोग प्रमाणित नभै निज कर्मचारीको निलम्बन फुकुवा भएमा निजले पाउने सो निलम्बित रहेको अवधिको तलबबाट समानुपातिक रकम कट्टी गरी त्यसमा थप हुने रकम समेत थपी एक मुष्ट कोषमा दाखिल गरिनेछ । (५) कुनै कर्मचारी वेतलबी वा आधा तलबी विदामा रहेको अवधिमा देहाय बमोजिम हुनेछः (क) बेतलबी अवस्थामा कोष कट्टी गरिने छैन । (ख) आधा तलबी अवस्थामा उपदफा (१) मा तोकिएको दरले पचास प्रतिशत कोष कट्टी गरीनेछ । (६) उपदफा (१) बमोजिम प्रत्येक कार्यालय प्रमुखले आफ्नो कार्यालयका कर्मचारीको तलबबाट नियमित रूपले कोष कट्टी गरी सो रकममा पाउने थप रकम समेत समावेश गरी विवरण सहित कोषले तोकेको अवधिभित्र कोषले तोकेको कार्यालयमा दाखिल गर्नु पर्नेछ । (७) उपदफा (१) बमोजिम थप दिने रकमको अतिरिक्त कार्यालयले कर्मचारीको नाउँमा जम्मा हुने गरी अरू रकम समेत कोषमा दाखिल गर्न यो ऐनले बाधा पु¥याएको मानिने छैन ।